लेखक महानुभावहरूमा अनुरोध

कोपिला किताब
लेखक महानुभावहरूमा अनुरोध Image

बालबालिकाका लागि पठनीय, रोचक, गुणस्तरीय तथा आकर्षक पुस्तक तयार गर्ने नै हाम्रो उद्देश्य हो । लेखक महानुभावहरू, शिक्षकहरूतथा बालबालिकाका क्षेत्रमा काम गरिरहनुभएका विज्ञहरूले बालबालिकाका लागि उपयुक्त पुस्तकको रचना गरिरहनुभएको छ र यसलाई बालबालिकाले रमाएर पढून् भन्ने चाहनुहुन्छ भने हामीलाई पठाइदिनुहोस् । यहाँहरूको पाण्डुलिपिलाई आकर्षित स्वरूपको पुस्तकमा रुपान्तर गरी प्रकाशन गर्ने अभिभारा हामी वहन गर्नेछौँ ।