कोपिला किताबमा यहाँहरूलाई स्वागत छ ।

नेपाली बालसाहित्य विस्तारको क्रममा रहेको छ । दिनानुदिन विकास भइरहेको देखिन थालेको छ । थरिथरिका किताबहरु प्रकाशन भइरहेका छन् र यससँग सम्बद्ध क्रियाकलापहरु पनि धेरै हुन थालेका छन् । तर अझै पनि बालबालिकाको रुचि तथा आवश्कताअनुरूपका पुस्तकको प्रकाशन भने हुन सकिरहेको छैन । बालबालिकाको ध्यान आकृष्ट गर्ने पुस्तकहरूको सङ्ख्या अझै पनि न्यून नै छ ।नेपालका सबै उमेरका बालबालिकाका लागि उपयुक्त हुने अर्थपूर्ण पुस्तकहरू प्रकाशन गर्दै जाने उद्देश्यसहित यस प्रकाशन संस्थाको स्थापना भएको हो । बालबालिकाको सर्वोपरी विकासमापुस्तकको सबैभन्दा ठुलो भूमिका हुन्छ भन्ने यस संस्थाको मान्यता र विश्वास रहेको छ । त्यसैकारण यस संस्थाको प्रमुख प्रयास नै पुस्तकको सिर्जनात्मक तथा भौतिक गुणस्तरको उच्चता कायम गर्ने रहेको छ । छपाइअघिका सम्पूर्ण काम भएपछि पुस्तकका केही डमी कपी तयार गरिन्छ र यिनीहरूलाई लक्षित बालबालिका, शिक्षक, अभिभावक तथा विशेषज्ञहरूका माझमा पठाइन्छ । सबैको सुझावअनुसारको परिमार्जनपछि मात्रै पुस्तकको सार्वजनिक प्रकाशन हुन्छ । हामीले प्रकाशन गर्ने पुस्तकको रचनात्मक तथा भौतिक उच्चता कायम गर्नका लागियस प्रकाशन संस्थामा बालसाहित्यको विभिन्न विधा वा  क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरू आबद्ध छन् ।

Read More
कोपिला किताबमा  यहाँहरूलाई स्वागत छ ।
News

बालबालिकाका लागि पठनीय, News

काठमाडौं । प्रकाशन गृह कोपिला किताबले ५ बालपुस्तक एकसाथ लोकार्पण गरेको छ । ‘टेल्स एन्ड लाइज’ शृङ्खलाअन्तर्गत विभिन्न लेखकले लेखेका ५ बालपुस्तक (बेखामान र राक्षस, साङ्केनको खुलदुली, अन्न...

News
पाण्डुलिपि बुझाउनका लागि यहाँ क्लिक गर्नुहोस्

पाण्डुलिपि बुझाउनका लागि यहाँ क्लिक गर्नुहोस्


छुट पाउनुहोस

१० वा १० भन्दा बढी किताब किन्नुभएमा १०% छुट पाउनुहोस ।