लेखक तथा चित्रकार

अर्पिता शाक्य

अर्पिता शाक्य

लेखक तथा चित्रकारabout

युवा चित्रकार अर्पिता शाक्यले त्रिभुवन विश्वविद्यालयबाट फाइन आर्ट विषयमा स्नातकोत्तर गरेकी छन् । फ्रान्स, इटाली, थाइल्यान्ड, बङ्गलादेश  र  भारत  भ्रमण  गरिसकेकी उनी चित्रकलाका क्षेत्रमा एक दशकदेखि सक्रिय छिन् । सामूहिक तथा एकल चित्रकला प्रदर्शनी गरिसकेकी उनको चित्राङ्कनमा दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । प्रायः डिजिटल मिडियममा काम गर्न रूचाउने उनी बाल साहित्यमा चित्र बनाउँदा नयाँनयाँ शैली प्रयोग गर्न मन पराउँछिन् । चित्रकला शिक्षकका रुपमा समेत काम गरिसकेकी उनले बुकआर्टका विषयमा विभिन्न तालिम पनि लिएकी छन् ।