लेखकabout
अनन्त वाग्ले दुई दशकभन्दा लामो समयदेखि साहित्य सिर्जना तथा सम्पादनमा क्रियाशील छन् । कवि, लेखक, सम्पादक तथा सिर्जनात्मक लेखन सहजकर्तासमेत रहेका उनका एक उपन्यास, एक कवितासङ्ग्रह र पाँच दर्जन जति बालसाहित्यका पुस्तक प्रकाशित छन् । पहिचान पुरस्कार, युवावर्ष मोती पुरस्कार, साझा बालसाहित्य पुरस्कार, नेबासास सर्वोत्कृष्ट पुस्तक पुरस्कारलगायत राष्ट्रिय स्तरका विभिन्न पुरस्कार प्राप्त गरिसकेका उनीसँग शिक्षण र पत्रकारिताको राम्रो अनुभव छ । कान्तिपुर दैनिकको बालपरिशिष्टाङ्क ‘कोपिला’को संयोजनसमेत गरेका वाग्ले पठन संस्कृति प्रवद्र्धनका एक अभियन्ता पनि हुन् । उनी शिक्षक तालिम तथा बालबालिकाका लागि गुणस्तरीय पठन सामग्री विकासका लागि रूम टु रिडमा आबद्ध छन् ।