लेखकabout
अनिल अधिकारी संरक्षण शिक्षामा काम गर्दै आइरहेका प्राविधिक लेखक हुन् । ‘हिउँचितुवा’ पत्रिकाका सम्पादकसमेत रहेको उनले जीवजन्तुको संरक्षणसँग सम्बन्धित धेरै पुस्तक लेखेका छन् । अनिलले लेखेका संरक्षण शिक्षासम्बन्धी पाठ्यपुस्तक मुस्ताङ, ताप्लेजुङ, पाँचथर, इलाम र बर्दियाका विद्यालयमा प्रयोग हुन्छ । उनका बालचित्रकथा ‘हाब्रे’ का साथै ‘अमर प्रेम’ र ‘प्रकृति’ नामक दुइवटा उपन्यासहरु प्रकाशित छन्। विभिन्न पत्रपत्रिकामा उनका फुटकर रचनाहरु पनि प्रकाशित छन् ।उनले कान्तिपुर दैनिक लगायत विभिन्न राष्ट्रिय दैनिकहरुमा स्वतन्त्र
पत्रकारका रुपमासमेत योगदान गरेका छन् ।