लेखक तथा चित्रकारabout
युवा चित्रकार भानु भट्टराई विशेषगरी बालबालिकाको बदलिँदो रूचिअनुसारका चित्र बनाउन रूचाउँछन् । बाल साहित्यका १० भन्दा बढी पुस्तकमा चित्राङ्कन गरिसकेका उनले विभिन्न पत्रपत्रिका एवम् अनलाइन मिडियाका लागि इलस्ट्रेसन र कार्टुन बनाउँछन् । कुशल ग्राफिक डिजाइनरसमेत रहेका उनले सयभन्दा बढी पुस्तक तथा पत्रिकाको साजसज्जा गरिससकेका छन् । लेखकका रुपमा भने उनको यो पहिलो पुस्तक हो ।