लेखकabout
बालसाहित्यको विकास नभएसम्म समग्र नेपाली भाषा र साहित्यको विकास हुन सक्दैन भन्ने मान्यता राख्नु हुने ध्रुब श्रेष्ठ लामो समय प्राध्यापन पेशामा संलग्न हुनुहुन्थ्यो । भरतपुर महानगरपालिका स्थायी बासिन्दा श्रेष्ठ चितवनका विभिन्न निजी तथा आवासीय विद्यालय एवम् कलेजहरुमा पढाउनु हुन्थ्यो । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर र अङ्ग्रेजी शिक्षणमा बि.एड. सम्म अध्ययन गर्नुभएका श्रेष्ठ हाल आफ्ना दुई छोराहरु र श्रीमतीकासाथ क्यानाडाको एडमन्टन शहरमा बस्नुहुन्छ । फुर्सदको समयमा विभिन्न पुस्तकहरु पढ्नुका साथै परिवारकासाथ समय बिताउन मन पराउने श्रेष्ठको प्रस्तुत पुस्तक पहिलो बाल कासेली हो ।