लेखकabout
प्राणीशास्त्र विषयका अवकासप्राप्त प्राध्यापक करनबहादुर शाहले नेपालमा वन्यजन्तु, विशेष गरेर सर्पहरुसम्बन्धी लामो अध्ययन तथा अनुसन्धान गरेका छन् । शाहका वन्यजन्तुसम्बन्धी २० ओटा किताबहरु, धेरै वैज्ञानिक लेखका साथै धर्म र संस्कृतिसम्बन्धी कथा तथा साधारण लेखहरु प्रकाशित भएका छन् । शाहले ‘आँधो सर्पको खोजी’ नामक विज्ञानमा आधारित कथासङ्ग्रह पनि प्रकाशन गरेका छन् । यस कथासङ्ग्रहमा सर्पहरुसँग सम्बन्धित चार कथाहरु छन् । ‘प्रतिक र चपरे साँप’ लेखक शाहको पहिलो बालपुस्तक हो ।